अष्ट्रेलियामा पालकको साग खाँदा धेरै मानिस बिरामी
काठमाडौं । अष्ट्रेलियामा विषालु पालक खाँदा मानिसहरू बिरामी परेको खबर छ । यी व्यक्तिहरूले स्वास्थ्य बिग्रनेदेखि लिएर भ्रमसम्मको समस्याको सामना गरिरहेका छन्।
हालसम्म नौ जनालाई स्वास्थ्य सहायता प्रदान गरिएको छ । रिभिएरा फार्म्स ब्रान्डको पालक सेवन गरेपछि यी मानिसहरू गुनासो गरिरहेका छन्।
पालुङ्गो खाएपछि मानिसमा अलमल हुनेदेखि मुटुको धड्कन बढ्ने र दृष्टि धमिलो हुने जस्ता लक्षण देखिन थालेको स्वास्थ्य विभागले जनाएको छ ।
यससँगै यो ब्राण्डको पालक खाँदा कुनै लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्ने स्वास्थ्य विभागले जनाएको छ ।
सिड्नी मर्निङ हेराल्डसँग कुरा गर्दै प्रान्तीय विषादी सूचना केन्द्रका अधिकारी डाक्टर ड्यारेन रोबर्ट्सले भने “अहिलेसम्म हताहतको कुनै रिपोर्ट आएको छैन। र हामीले यस्तो कुनै समाचार आउनेछैन भन्ने अपेक्षा गरेका छौं ।”
रिभिएरा फार्म्सका प्रवक्ताले भनेका छन् कि तिनीहरू विश्वास गर्छन् कि पालकको यो समूह कुनै प्रकारको झारबाट प्रभावित भएको छ, तर अन्य उत्पादनहरू यसबाट प्रभावित छैनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment