पूर्वी फ्रान्सको लियोन नजिकै आगलागी हुँदा १० जनाको मृत्यु

डिसी नेपाल
१ पुष २०७९ १३:२७
40
Shares

लियोन। पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित सात तले अपार्टमेन्ट भवनमा राति आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको स्थानीय सरकारले शुक्रबार जनाएको छ। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन।

भोल्क्स-एन-भेलिनमा बिहान ३:०० बजेपछि आगलागी भएको थियो। सो दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर छ।

भवनको भुइँ तल्लामा फैलिएको र माथितिर फैलिएको आगो निभाउने क्रममा दुई जना अग्निनियन्त्रकलाई सामान्य चोट लागेको पनि बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *