माछापुच्छ्रे बैंकले लाभांश नदिने

डिसी नेपाल
१ पुष २०७९ १४:५९
88
Shares

काठमाडौँ। माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने भएको छ। शुक्रबार (आज) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने प्रस्तावसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेस गर्ने बैठकले निर्णय गरेको छ।

राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणमा स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंक सञ्चालक समितिले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.