गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु दलीय प्रणाली विपरीतः महासचिव गुरुङ
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु अहिलेको सिस्टम अनुरुपको भिजन बिपरित भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा विचारले गर्ने र बिचारकै आधारमा दलहरु चल्ने भएकाले मुलुकको नेतृत्व गैरराजनीतिक व्यक्तिलाई सुम्पिनु सिस्टम अनुरुपको भिजन नभएको बताएका हुन्।
राजनीतिक पृष्टभूमि, बिचारधारा, सिद्धान्त लगाएको मूल्यमान्यताको आधारमा नै दलका नेताहरुले मुलुक र राज्यका अंगहरुको नेतृत्व गर्न सक्ने उनले बताए । उनले अहिलेको अवस्थामा दलीय प्रणाली र दलका नेताहरुको बिकल्प नरहेको दावी गरे ।
गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरबाट पात्रहरुलाई अघि सार्न खोज्नु राजनीतिक प्रणालीबाटै बिचलन भएको चिन्तनको उपज भएको तर्क गरे । मुलुकमा संकट पैदा भइरहेको अवस्थामा दलका नेताहरुले नै सोच्नुपर्ने उनको भनाइ छ । महासचिव गुरुङले अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो रहेकाले एकले अर्कालाई निषेधको बाटोमा जान नहुने बताए ।
उहाले एमालेसंग सरकार गठनका बिषयका कुनै कुरा नभएको स्पष्ट पारे ।







डिसी नेपाल







Facebook Comment