नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास सुरु

डिसी नेपाल
१ पुष २०७९ १९:१५
48
Shares

काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ सुरु भएको छ । शुक्रबारदेखि रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा संयुक्त सैन्य अभ्यास सुरु भएको हो ।

सैनिक जनसम्पर्क निर्दैशनालयका अनुसार यो १६औं शृंखला हो । मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकाल सो संयुक्त सैन्य अभ्यासको शुरुवात गरेका थिए ।विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषयहरूमा संयुक्त अभ्यास सञ्चालन हुने निर्दैशनालयले जनाएको छ ।

निर्दैशनालयका अनुसार नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी गराई सञ्चालन भएको उक्त संयुक्त अभ्यास आगामी पुस १४ गते सम्पन्न हुनेछ । यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्यकिरणको १५औं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलतापूर्वक सञ्चालन भइसकेको छ । यस संयुक्त अभ्यासमा फौजहरूले प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा अभ्यास गर्नेछन् ।

यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदानप्रदान हुने सैनिक जनसम्पर्क निर्दैशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *