बेलायती अदालतबाट सुपुर्दगीको विरोधमा नीरव मोदीलाई ठूलो झटका

डिसी नेपाल
२ पुष २०७९ ९:५७
28
Shares

काठमाडौं । सुपुर्दगी मुद्दामा नीरव मोदीलाई अदालतबाट झटका लागेको छ । लण्डनको उच्च अदालतले सुपुर्दगी आदेशविरुद्ध सर्वोच्च अदालत जाने अनुमति दिएको छैन।

लन्डनको रोयल कोर्ट अफ जस्टिसले भन्यो, “आवेदकलाई सर्वोच्च अदालतमा अपील गर्ने अनुमति अस्वीकार गरिएको छ।”

लण्डनको वेस्टमिन्स्टर अदालतले यस विषयमा फैसला सुनाएको हो । गत महिना ५१ वर्षीय नीरव मोदीले मानसिक स्वास्थ्यको आधारमा गरेको अपील खारेज गरिएको थियो ।

ठगीका आरोपित नीरव मोदी सुपुर्दगी वारेन्टमा पक्राउ परेदेखि लण्डन जेलमा छन् । उनीमाथि दुई अर्ब डलर ऋण घोटालाको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *