समावेशिता र संघीयता उल्ट्याउन खोजिएको छः मन्त्री गहतराज

डिसी नेपाल
२ पुष २०७९ २२:२४
36
Shares

बुटवल । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गरेका छन्।

जागरण मिडिया सेन्टरको २३औँ र रेडियो जागरणको १५औँ वार्षिकोत्सवलाई आज बुटवलमा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य समेत रहेका उनले समावेशिता, सङ्घीयता र धर्मनिपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धिलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको जिकिर गरे ।

यसका लागि राजनीतिक, बौद्धिक, सञ्चार र कानुनी क्षेत्रबाट प्रहार भएको उनको टिप्पणी छ । उनले नेपालका राजनीतिक दलले दलित समुदाय मुुद्दा साझा बनाउन नसकेको बताए । “जातीय छुुवाछूतको विषय सबैको साझा समस्या बन्नुुपर्छ”, उनले भने, “यसका लागि दलित र गैरदलित दुुवैले साझा अभियान चलाउनुुपर्छ ।”

सञ्चारमाध्यले समाजिक रुपमा पछाडि पारिएका समुदायको आवाजलाई प्राथमिकता दिनुुपर्नेमा उनले जोड दिए । उनले जागरण मिडियाले नेपाली सञ्चार क्षेत्रमा समावेशिताको मुद्दालाई अझ सशक्त रुपमा उठाउनुपर्ने आवश्यकता रहेको बताए ।

बुटवल उपमहानगरका नगरप्रमुुख खेलराज पाण्डेले नेपाली सञ्चारमाध्यम र त्यसमा पनि समुदाय तहले सञ्चालन गरेका सञ्चारमाध्यमले सङ्कट भोगिरेहेको बताए । उनले जागरणले समुदायमा सञ्चारमाध्यममार्फत् सचेतना गर्ने काममा महत्वपूर्ण योगदान पुु¥याएको बताए।

उनले बुटवल उपमहानगरपालिका यसका लागि सहयोग गर्न तयार रहेको बताए । संविधानसभा सदस्य विनोद पहाडीले नेपाली मिडियामा अझै पनि दलित तथा सिमान्तकृतको मुद्दा प्राथमिकतामा नपरेको बताए ।

उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव कमलादेवी विश्वकर्माले पछाडि पारिएका समुदायको आवाज मिडियामा आउन नसकेको बताए । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनले सामाजिक न्यायको आन्दोलनको आवश्यकता नसकिएको पुष्टि गरेको बताए ।

जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले २३ वर्षको यात्रामा थुप्रै आरोहअवरोह पार गर्दै सामाजिक रुपान्तरणको अभियानमा सहभागी भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.