साइप्रसमा चासोक तङ्नाम येले तङ्बे ५०८२ सम्पन्न

डिसी नेपाल
३ पुष २०७९ २१:२९
188
Shares

साइप्रस । याक्थुङ लिम्बुहरुको गौरवशाली संस्था किराँत याक्थुङ चुम्लुङ साइप्रसू को आयोजनामा आइतबार ११ डिसेम्बर २०२२ मा साइप्रसको सुन्दर शहर लिमासोल को ब्रीटानिया म्युजिक हलमा याक्थुङ लिम्बुहरुको महान पर्व (न्वागि पुजा) चासोक तङ्नाम येले तङ्बे ५०८२ तथा २०७९ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

चासोक तङ्नामू लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे। यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे र यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री(जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।

यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चडाउने प्रचलन रहयो, यसैलाई चासोक (न्वागी) पूजा भनिन्छ।

चासोक तङ्नाम (न्वागी पूजा) अवसरमा किराँत याक्थुङ चुम्लुङ साइप्रसू आयोजना गरेको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा युके बाट पाल्नु भएका चर्चित कलाकार गायक सुरेन ताम्लिङको प्रमुख आतिथ्यता साथै उहाँको बेजोड साङ्गितिक प्रस्तुतिका साथ स्थानीय कलाकार परन चाम्लिङ, युके बाटै पाल्नु भएका शसाजन गुरुङ, संस्थाकी सल्लाहकार अमिशा लिम्बू को गायन प्रस्तुति तथा रुबिना लिम्बू , सन्जु मगर, सेनि मगर तथा सर्मिला नेपालीको नृत्य प्रस्तुति सङ्ग याक्थुङ लिम्बुहरुको मौलिक भेषभुषा ,संस्कार संस्कृती, रितिरिवाज झल्किने यालाङ, केलाङ साथै विभिन्न नेपाली साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति रहेको थियो ।

सस्थाकी अध्यक्ष चुमन्ता लिम्बू ज्युको सभापतित्वमा आयोजना भएको कार्यक्रमका बिशिष्ट अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसका अध्यक्ष कुन्दन कार्की थिए भने प्रमुख अतिथी तथा कलाकार युके बाट पाल्नु भएका कलाकार सुरेन तम्लिङ थिए ।

साथै कार्यक्रममा गैर आवासीय नेपाली विद्यार्थी समिती साइप्रसका अध्यक्ष अनिल पोख्रेल, प्रवासी नेपाली मन्च साइप्रसका अध्यक्ष श्याम लाल नेपाली, प्रवासी नेपाली मन्च साइप्रसका प्रमुख सल्लाहकार धत्तानन्द पाण्डे, किरात राइ यायोक्खा साइप्रस अध्यक्ष नबिन राई, नेपाल तामङ् धेदुङ साइप्रस अनुसासन तथा मुल्याङ्न बिभाग प्रमुख सुमित्रा बम्जन तामङ, नेपाल मगर संघ साइप्रस अध्यक्ष दर्शन मगर, तमु सेवा समाज साइप्रस लक्ष्मी गुरूङ्ग, शेर्पा किदुङ्ग साइप्रस कोषाध्यक्ष पाल्मु डोमा शेर्पा, ह्ययल्मो सोसाइटी लफ साइप्रस अध्यक्ष निमा ह्ययल्मो, बेलायत साहित्य प्रतिष्ठान सल्लाह दिपा लिम्बु राइ तथ यक्षराज लिम्बू, क्याप्टेन पवन शेरचन QOGLR,मेजर बिवेक जंग शाही QOGLR, RSM राज गुरूङ्ग QOGLR,बिष्नु लिङ्देन लगायत साइप्रसमा क्रियाशिल विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरु, अग्रज व्यक्तित्वहरु, बुद्दिजीवीहरु साथै नेपाली समाजको सहभागिता रहेको थियो ।

मिडिया पाट्नरको रुपमा युरोप गतिविधिू बाट प्रकाश बराइली र प्राबिधिक साथ लाखे क्रीएसनू साइप्रसका बिकास श्रेष्ठले गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *