सरकारमा वा नजाने भन्ने बिषयमा छलफलमा छौँः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने बिषयमा पार्टीभित्र छलफल सुरु भएको बताएका छन् ।
सोमबार निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसंग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसंगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने बिषयमा छलफल सुरु भएको बताएका हुन् ।
अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको भन्दै उनले आफ्नो पार्टीले भने एजेण्डालाई सरकारमा लाने बताए । उनले जनतासंग गरेका प्रतिवद्धता र एजेण्डा पुरा गर्ने प्रतिवद्धता भयो भने परिवेश वेग्लै भएपनि सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको धारणा राखे । उनले पार्टीले आफुलाई दलको नेतामा चयन गरेको पनि जानकारी दिए । लामिछाने पार्टीका कुनै सदस्यहरुलाई बोल्न बन्देज नलगाइएको बताए ।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा आफु सकारात्मक रहेको र सवै छलफलसंग छलफलका लागि खुल्ला रहेको बताए । उनले आफ्नो पार्टीको मागहरु सम्बोधन हुने गरि सरकारमा जाने पनि बताए
राउतले सरकारका लागि बन्ने समिकरण हेर्ने र आवश्यक निर्णय गर्ने जिकिर गरे ।







डिसी नेपाल








Facebook Comment