शेखर कोइराला र गगन थापाबीच वार्ता जारी

डिसी नेपाल
४ पुष २०७९ १७:२५
304
Shares

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र शेखर कोइरालाबीचको छलफल जारी छ ।

पार्टी संसदीय दलको नेतामा एउटै समूहका थापा र कोइरालाले दाबी गर्दै आएका छन् । पार्टी संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने पार्टीले चुनावी तालिका सार्वजनिक गरेको केही घण्टामै दुई नेता छलफलमा जुटेका हुन् ।

सभापति शेरबहादुर देउवाइतर शेखर– गगन समूहका दुवै नेताले संसदीय दल आफू हुनुपर्ने बताउँदै आएका बेला छलफलमा बसेका हुन् ।

छलफलमा जुट्नुअघि सोमबार बिहानैबाट दुवै नेता अनौपचारिक रुपमा अन्य नेतासँग पनि छलफल गरेका थिए । गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन जनाएका छन् ।

होटल एम्बासडरमा जारी छलफलमा सो समूहका अन्य नेताको पनि सहभागीता छ । अहिले शेखर कोइरालाले आफ्नो विचार राखिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.