एसपीको सरुवामा शक्ति केन्द्र हाबी, देउवा र प्रचण्डको पूर्व पिएसओलाई प्राथमिकता

डिसी नेपाल
४ पुष २०७९ २१:३१
188
Shares

काठमाडौं । नेपाल प्रहरीले एक वर्ष जिल्ला कमाण्ड गरेका प्रहरी उपरीक्षक (एसपी)को सरुवामा शक्ति केन्द्र हाबी भएको छ । प्रहरी महानीरिक्षक धिरजप्रताप सिंहले सोमबार गरेको एसपी सरुवामा बालुवाटार र खुमलटार हाबी भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वपीएसओ कोमल शाहलाई ‘ए ग्रेड’को जिल्ला पर्सा पठाइएको छ । त्यसैगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालका पूर्वपीएसओ नरेशराज सुवेदीलाई सर्लाही पठाइएको छ ।

शाह यसअघि आफ्ना ब्याचीहरुको बढुवामा छलाङ मार्दै पहिलो नम्बरमा एसपी भएका थिए । बढुवामा सुवेदीले पनि छलाङ मारेका थिए । सोमबार निकालिएको एसपी काज सरुवाबाट ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

त्यसैगरी उपत्याका अपराध अनुसन्धान कार्यालयमा रहेका दुर्गाराज रेग्मीलाई झापा पठाइएको छ । उनी डिएसपी हुँदा पनि झापा बसेका हुन् । पटक पटक अवसर पाएका रेग्मीले बानेश्वर वृत्त, उपत्यका अपराध अनुसन्धान जस्ता आकर्षक स्थानमा काम गरेका छन् । उनलाई शक्ति केन्द्रको दबाबमा झापा पठाइएको हो ।

कमाण्डमा निकै कमजोर मानिएका राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा छिरेका विश्वराज खड्कालाई त्रिभुवन विमानस्थलबाट सिधै मधेश प्रदेशको महत्वपूर्ण मानिएको जिल्ला धनुषा पठाइएको छ ।

उनी दरवारमार्ग वृत्तमा रहँदा विवादित बनेका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाको निर्देशनमा देवेन्द्र बहादुर पाललाई कैलाली पठाइएको छ । सन्तोषसिंह राठौरलाई माओवादी अध्यक्ष प्रचण्डको दबाबमा बाँके पठाइएको स्रोतले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *