आजको मौसम : पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

डिसी नेपाल
५ पुष २०७९ ६:२६
108
Shares

काठमाडौं। बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ।

दिउँसो प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ।

राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *