जोनीलाई १ मिलियन डलर दिँदै एम्बर

डिसी नेपाल
५ पुष २०७९ १६:३७
2.9k
Shares

लस एञ्जल्स। हलिउड अभिनेत्री एम्बर हर्डले अभिनेता तथा पूर्वपति जोनी डेपसँग लामो समयदेखि चलिरहेको कानुनी लडाईंलाई समाधान गर्नका लागि १ मिलियन डलर भुक्तान गर्ने भएकी छन् । एम्बरले जोनीमाथि घरेलु हिंसाको आरोप लगाएपछि अदालतमा यो मुद्दाले प्रवेश पाएको थियो ।

यो बीचमा उनीहरूबीच कैयौं नयाँ कुरा आए र मुद्दा पनि बढ्दै गयो ।  यसैवर्षको सुरुवातमा भर्जिनियामा भएको ५ हप्ता लामो ट्रायलपछि रकम भुक्तान गर्न अदालतले आदेश दिएको थियो ।

यता जोनीका वकिलले भने एम्बरबाट प्राप्त पैसालाई जोनीले दान गर्ने बताएका छन् । उनले जोनीका लागि पैसा कहिल्यै महत्वपूर्ण नरहेको दाबी गरेका छन् । अभिनेत्रीले भने सम्झौताले आगामी मुद्दालाई जोगाउने बताएकी छन् । आफूलाई विवाहबाट मुक्त गर्नका लागि पनि सम्झौताले सहयोग गरेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *