के जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्दै छन् ?

डिसी नेपाल
६ पुष २०७९ ७:३३
44
Shares

न्युयोर्क। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार वाशिंगटनको यात्रा गर्न सक्ने जनाइएको छ। उनको भ्रमणको अझै पुष्टि भने भएको छैन। सुरक्षाका कारण उनको भ्रमण योजना परिवर्तन हुन सक्ने रोयटर्सले जनाएको छ।

पञ्चबाउल न्युजले पनि जेलेन्स्कीको पहिलो पटक सम्भावित यात्राको रिपोर्ट गरेको छ। यदि उनले भ्रमण गरेमा फ्रेवुवरी २४ मा रुसी जेलेन्स्कीको युक्रेन बाहिरको पहिलो यात्रा हुनेछ।

योजनाअनुसार भ्रमण भएमा जेलेन्स्कीले रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका नेता र राष्ट्रिय-सुरक्षा समितिका प्रमुखहरूलाई भेट्ने अनुमान गरिएको छ। त्यस्तै उनले संसदको संयुक्त वैठकलाई सम्बोधन गर्न सक्नेछन्।

रुसले युक्रेनमाथि हमला गरेपछि वासिंगटनले किभलाई आर्थिक तथा सैन्य सहयोग प्रदान गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *