फिजीमा बैनिमारामाको शासन अन्त्य, नयाँ गठबन्धन सरकार गठनको तयारी

डिसी नेपाल
६ पुष २०७९ ८:४६
104
Shares

एजेन्सी। फिजियाका विपक्षी दलहरूले प्रधानमन्त्री फ्रान्क बैनिमारामाको करिब १६ वर्षको शासन अन्त्य गर्दै नयाँ गठबन्धन सरकार गठन गर्ने सहमति गरेका छन्।

उनको फिजी फर्स्ट पार्टी र सिटिभेनी रबुकाको नेतृत्वमा रहेको प्रतिद्वन्द्वी पिपुल्स एलायन्स गत हप्ताको चुनावपछि गतिरोधमा परेका थिए।

सरकार गठनका लागि किंगमेकर मानिएको सोसल डेमोक्र्याट लिबरल पार्टी (सोडेल्पा) ले अब रबुकालाई समर्थन गर्ने पक्षमा मत दिएको छ। ‘जनताले परिवर्तनको लागि मतदान गरेका छन् र हामीले उनीहरूलाई त्यो दिएका छौं’, उनले भने।

गठबन्धनको घोषणाको व्यापक क्षेत्रीय महत्व छ। दुवै पक्षले प्रशान्त क्षेत्रमा आफ्नो आर्थिक र कूटनीतिक चासोलाई निरन्तर बढाउँदै लगेको चीनसँगको सम्बन्धलाई चिसो पार्ने इच्छा व्यक्त गरेका छन्।

नयाँ गठबन्धनका एक समर्थकले गठबन्धनको मतदानको नतिजा घोषणा भएपछि भने, ‘यो दमनकारी सरकारको १६ वर्ष भइसक्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *