जापानमा कोभिड सङ्क्रमण बढ्यो

डिसी नेपाल
६ पुष २०७९ २१:३०
92
Shares

टोकियो । जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् । गत बुधबारको तुलानामा आज १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ ।

राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन् । गत साताको तुलनामा आज राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन् । टोकियोमा लगातार बिरामी बढेका छन् । ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका छन् । पछिल्लो महामारीका कारण आज दुई सय ९६ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *