नागरिक उड्डयनमा बम विस्फोट गर्ने धम्कीपछि …
नयाँ दिल्ली। देशको सबैभन्दा ठूलो नागरिक उड्डयन सुविधालाई बम विस्फोट गर्ने धम्कीपछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिआतंकवादी सुरक्षा अभ्यास सुरु गरिएको छ।
सामाजिक सञ्जालमा विमानस्थलमा विस्फोट गराउने धम्कीपछि उक्त अभ्यास गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। बुधबार बिहान दिइएको उक्त धम्कीलाई गैर विशिष्ट वा ठगीको रुपमा वर्गीकृत गरिएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।
विमास्थलमा वम विस्फोट गराउनुपर्छ भनेर सामाजिक सञ्जालमा लेखिएको पोस्टबारे विमानस्थल अधिकारीहरुलाई जानकारी गराइएको थियो । पछि च्याट पोस्टलाई सुरक्षा अधिकारीले पत्ता लगाएका थिए। अनुसन्धानपछि उक्त धम्की नक्कली भएको पत्ता लागेको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment