ह्वीपको गलत प्रयोगलाई रोकौँः गगन थापा

डिसी नेपाल
७ पुष २०७९ १५:५६
444
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले संसदलाई प्रभावकारीरुपमा अघि बढाउन आफ्नो भूमिका केन्द्रीत गर्ने बताएका छन् ।

बिहीबार पद तथा गोपनियताको सपथ लिएपछि संसद भवनमा प्रतिक्रिया दिदै उनीहरुले जनतासंग गरिएका प्रतिवतद्ध कार्यान्वयन गर्दै संसदलाई प्रभावकारी रुपमा अघि बढाउन भूमिका खेल्ने बताएका हुन् ।

सपथपछि कांग्रेस सांसद गगन थापाले मुलुकलाई अघि बढाउन आवश्यक नीति नियम बनाउका लागि काम गर्ने बताए। सांसदको रुपमा यसअघिको अनुभवका आधारमा नयाँ सांसदहरुलाई संगै लिएर जाने भन्दै उनले ह्वीपको गलत प्रयोगलाई रोक्नुपर्नेमा जोड दिए।

त्यस्तै कांग्रेसका अर्का सांसद विश्वप्रकाश शर्माले पहिलोपटक सांसदको रुपमा सदन प्रवेश गरेको र आफ्ना अवसरहरुलाई पूर्णरुपमा काममा परिणत गर्ने बताए।

त्यस्तै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बदलिएको नयाँ परिस्थीतिमा नया जिम्मेवारीको रुपमा जनताको आकांक्षालाई पुरा गर्ने धारणा राखे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले सपथ लिदै गर्दा जिम्मेवारीबोधको महशुस भएको बताए। उनले राजनीतिभन्दा बाहिरबाट राष्ट्रपति नियुक्त गर्नुपर्ने भएपछि अहिलेको अवस्थामा स्वच्छ छवि भएकालाई राष्ट्रपति बनाउनुपर्ने बताए।

त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संविधानमा लेखिएका जनताका बिषयहरुलाई संस्थागत रुपमा कार्यान्वयन गर्न आवाज उठाउने बताए ।

त्यस्तै जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले सदन र सरकारमा सहभागी भएर मुलुकलाई अघि बढाउने धारणा राखे ।

शपथ पछि प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.