‘साथी’ बोलको म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
८ पुष २०७९ १३:५१
272
Shares

काठमाडौँ। गायिका बेनिशा पौडेल र नितु पौडेलको स्वर रहेको ‘साथी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। मानिसको जिन्दगीमा एउटा असल साथीको महत्व र भूमिका कति हुन्छ भन्ने कुरालाई नजिकबाट केलाइएको भिडियोमा मोडलद्वय अन्जना राउत र विना राउतको अभिनय देख्न सकिन्छ।

डिपी खनालका शब्द शृजना रहेको गीतमा बबुली गिरीको संगीत, एरेन्ज र मिक्सिगं रहेको छ। दीपक गिरीको छायांकन, मोडल अञ्जना राउतकै निर्देशन रहेको भिडियोमा कोरियोग्राफि निशान एसकेको रहेको छ।

मोडलिङमा आएको छोटो समयमा नै मोडल  अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेका चर्चा चलेका बेला उनको निर्देशनमा तयार भएको पहिलो भिडियो बजारमा हाउको हो । ।

जसले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ।  सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो। भिडियो गायक पुरीकै अफिसियल च्यानल म्यूजिक जक्सनबाट बजारमा आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *