फिल्म निर्माता तथा तेक्वान्दो खेलाडी राजकुमार राईलाई केपिलासगढी गाउँपालिकाको सम्मान

डिसी नेपाल
८ पुष २०७९ २१:२२

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा फिल्म निर्माता राजकुमार राईलाई सम्मान गरेको छ । केही दिनअघि गृहपालिका आइपुगेका राईलाई शुक्रबार गाउँपालिकाले सम्मान गरेको हो ।

तेक्वान्दो खेलाडी तथा फिल्म निर्माता राईलाई गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले दोसल्ला ओढाएर सम्मान–पत्र सहित सम्मान गरेका हुन् ।

गाउँमा जन्मिएर तेक्वान्दोको माध्यमबाट देशलाई चिनाउनमा पुर्‍याएको योगदानको कदर गर्दै राईलाई सम्मान गरिएकोे गाउँपालिकाले जनाएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर निवासी राईले आठौं साफमा नेपालकातर्फबाट तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए ।

यस्तै, १० औं एसियन गेममा नेपाललाई पहिलो कास्य पदक जिताएका थिए । उनीसँग वल्ड तेक्वान्दो च्याम्पियनमा पनि प्रतिष्र्धा गरेको अनुभव छ । उनको पछिल्लो फिल्म ‘सोउल अफ द कमाण्डो’ हाल विभिन्न हलमा चहिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *