कांग्रेस कर्णाली संसदीय दलको नेता बने शाही

डिसी नेपाल
८ पुष २०७९ २२:१५
36
Shares

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।

कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

दलको नेतामा दाबी गरिरहेका राजिवविक्रम शाहको प्रस्तावक र जानकी सिंहको समर्थकमा उनी सर्वसम्मत दलको नेता चयन भएका हुन् । उनी अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । शाही हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.