आईसीई प्रविधिमा रिलिज हुँदै पठान

डिसी नेपाल
१० पुष २०७९ ८:५३
6.0k
Shares

मुम्बई। गीत ‘बेशरम रंग’का कारण विवादमा तानिएको बलिउड फिल्म ‘पठान’ इमर्सिव सिनेमा एक्सपीरियन्स(आईसीई) प्रविधिमा रिलिज हुने भएको छ। यो प्रविधिमा रिलिज हुने ‘पठान’ भारतीय पहिलो फिल्म हुनेछ।

यशराज फिल्मस्का वितरक रोहन मल्होत्राका अनुसार शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अभिनय रहेको फिल्मको रिलिजका लागि नौलो प्रविधि प्रयोग हुन लागेको हो।

‘पठान आईसीई फम्र्याटमा रिलिज हुने पहिलो भारतीय फिल्म हुनेछ। आईसीई थिएटर फर्म्याटमा साइड प्यानल संलग्न छ, जुन मुख्य स्क्रिनका साथ रहनेछ। यो एक पेरिफेरल भर्सन हो। यसले दर्शकलाई रंग र गीतको शानदार अनुभव गराउनेछ।

आईसीई फम्र्याट भारतको दिल्ली एनसीआरमा दुई पीवीआर सिनेमा साइटका साथ सुरुवात भएको थियो। यो फर्म्याटको फिल्म अवतारः द वे अफ वाटर थिएटरमा लागिरहेको छ। अब पठान त्यसको तयारीमा छ’ उनले भनेका छन्। फिल्म जनवरी २५ मा रिलिज हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.