गठनबन्धन टुट्यो भन्दै प्रचण्ड वालुवाटारबाट निस्किनुभयो : रामचन्द्र पौडेल
फाइल तस्विर
काठमाडौँ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर हिँडेको बताएका छन्। आइतबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकबाट प्रचण्डले गठबन्धन तोडेर निस्केकाे नेता पौडेलकाे भनाइ छ।
पौडेलले भने, ‘प्रचण्ड गठबन्धन टुट्यो भन्दै निस्किनुभयो। गठबन्धन कायम राख्नुपर्थ्यो। अब हाम्रो हातमा केही बाँकी रहेन। सरकार हाम्रो हातबाट बाहिर गयो।’
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै राख्ने भन्दै अडान लिएपछि प्रचण्ड रिसाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment