प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदको समर्थनसहित सात दल शितल निवास पुगे

डिसी नेपाल
१० पुष २०७९ १६:५०
2.6k
Shares

काठमाडौं । प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदको समर्थनसहित सात दल राष्ट्रपति कार्यालय पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमतसहितको समर्थनमा शितल निवास पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्रै संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनको दाबी पेश गर्न शितल निवास पुगेका हुन्।

ओली निवास बालकोटमा सहमतिपछि बैठक सकेर शीर्ष दलका नेताहरू राष्ट्रपति कार्यालय शीतल निवासतर्फ लागेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *