सत्ता गठबन्धन टुटेपछि माधव नेपालको पार्टीमा अन्यौल

सचिवालय बैठकले ठोस निर्णय गर्न सकेन

डिसी नेपाल
१० पुष २०७९ १७:५२
4.0k
Shares

काठमाडौं ।   नेपालको राजनीतिमा पछिल्लो समय विकसित नयाँ घटनाक्रमले माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) अन्यौलमा परेको छ ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएर माओवादीले एमालेसहितको नयाँ सरकार गठनमा लागेपछि अन्यौलमा परेको हो ।

आज बसेको सचिवालयको बैठकले ठोस निर्णय गर्न सकेन । उसले विकसित राजनीति घटनाक्रमको सूक्ष्म अध्ययन गर्ने बताएको छ । गठबन्धनकै एक घटक रहेको नेकपा( एकीकृत समाजवादी )को आज बसेको केन्द्रीय सचिवालयको बैठकले बदलिएको राजनीतिक समीकरणको अध्ययन गरेर निर्णय लिने बताएको हो ।

बैठकपछि उक्त पार्टीका महासचिव बेदुराम भुसालद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘बैठकमा अकस्मात विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भयो र परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरियो ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.