गायक प्रमोद खरेलले ल्याए ‘जसको दिलमा’

डिसी नेपाल
११ पुष २०७९ ११:०६
244
Shares

काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलले ‘जसको दिलमा’  बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। सुनिल बिसीको शब्द सृजना तथा संगीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको एक जोडीको विरहको प्रेम गाथालाई देखाइएको छ। माया, प्रेम, रोमान्स र विरहले भरिएको जसको दिलमा त्रिकोणत्मक प्रेम कथामा आधारित छ।

जसमा दिनेश कठायत काजी, मनिषा गिरी र प्रकाश खड्काको अभिनय देख्न सकिन्छ। निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर रहेको छ भने प्रकाश खड्काको छायांकन रहेको छ।

सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो। भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *