मधेश प्रदेशको मुख्यमन्त्रीमा सिके राउतको दाबी

डिसी नेपाल
११ पुष २०७९ १२:१५
152
Shares

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेश प्रदेशमा मुख्यमन्त्री पदको दाबी गरेका छन्। सोमबार संघीय संसद् भवनमा बसेको गठबन्धन दलहरूको बैठकमा अध्यक्ष मधेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताए।

उनले केन्द्र सरकारमा भने धेरै मन्त्रालयमा दाबी गर्न सक्ने अवस्थामा आफ्नो पार्टी नरहेको बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राउतले समर्थन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.