प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई

डिसी नेपाल
११ पुष २०७९ १३:२९
80
Shares

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन्। सोमबार एक ट्वीटमार्फत् प्रधानमन्त्री शरिफले प्रचण्डलाई बधाई दिएका हुन्।

उनले लेखेका छन्,  ‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ। क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ। यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु।’

यसअघि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई छिमेकी मुलुक चीन र  भारतले बधाई दिइसकेका छन्। नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले पनि प्रचण्डलाई बधाई दिएका छन्। आइतबार एमालेसहितका दलहरूको समर्थन प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन्। उनले आजै साँझ पद तथा गोपनीयताको शपथ लिँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.