रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

डिसी नेपाल
११ पुष २०७९ १४:०४
452
Shares

काठमाडौं। प्रचण्ड नेतृत्वकाे सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने भएको छ। जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रन्जिता श्रेष्ठले बताएकी छिन्।

यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ।

रेशम चौधरीको रिहाइको पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनले आफूले सरकारलाई समर्थन गरेको पनि उनले उल्लेख गरिन्। अध्यक्ष श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.