गृहमन्त्री बन्न २ उपप्रधानमन्त्रीको प्रतिस्पर्धा

डिसी नेपाल
११ पुष २०७९ १५:२४
1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उपप्रधानमन्त्री बन्ने पक्का भएको छ । तर यी दुईको गृहमन्त्री बन्नेमा प्रतिस्पर्धा देखिएको छ ।

माओवादी श्रेष्ठलाई गृहमन्त्री बनाउन चाहन्छ । तर, रास्वपाका सभापति लामिछानेले पनि गृहमन्त्रीमा दावी गरेका छन् । सहमति नभएको अवस्थामा यी दुईले आज उपप्रधानमन्त्रीको रूपमा मात्रै शपथ खाने र मन्त्रालयको भागबण्डा पछि मिलाइने सम्भावना उच्च छ । लामिछानेलाई गृहमन्त्री बनाइने अवस्था आएमा श्रेष्ठलाई परराष्ट्र मन्त्री बनाइन सक्ने स्रोतले बतायो ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सानो आकारमा मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । शउनीसँगै आज कति जना मन्त्रीले शपथ ग्रहण गर्छन् भन्ने पक्का भइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.