पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले भने- नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन

डिसी नेपाल
११ पुष २०७९ १८:०८
988
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे ।

अपराध अनुसन्धान महाशाखले उनको पासपोर्टबारे सुक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरुले उनलाई गृहमन्त्री बनाएका छन् ।

‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन,’ पदभार ग्रहण गर्दै उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.