पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने– भ्रष्ट्राचारको अन्त्य हुन्छ

डिसी नेपाल
११ पुष २०७९ १९:१५
104
Shares

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गरेर समृद्धिमा अघि बढ्नुपर्ने बताएका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले यसअघि भएका कमी कमजोरीहरुलाई सच्चाउदै मुलुकमा सुशासन कायम गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका हुन् ।

उहाले मुलुकमा सुशासन कायम गर्न सकेमात्रै भ्रष्ट्राचारको अन्त्य हुने धारणा राखे । जनताले संविधान नियम र कानून अनुसार हुने काम भनसुन र घुस नखुवाई हुने अवस्था सिर्जना गर्नुपर्ने पनि बताए । मन्त्री श्रेष्ठले उपप्रधानमन्त्री बन्न मात्रै सरकारमा नआएको भन्दै काम गर्न आएको स्पष्ट पारे ।

पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बिधेयकलाई अन्तिम रुप दिनका लागि कार्यदल गठन गर्ने सम्बन्धमा निर्णय गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.