कटुवा पेस्तोलसहित एक पक्राउ

डिसी नेपाल
११ पुष २०७९ २३:१७
68
Shares

राजविराज । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–४ बाट कटुवा पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदह सप्तरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक धनकुमार घिमिरेको कमाण्डमा खटिएको गस्ती टोलीले हनुमाननगर कङ्कालिनी–४ बस्ने शत्रुधन रामलाई हतियारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

घरमा अवैध हतियार कटुवा पेस्तोल लुकाइछिपाई राखेको भन्दै घर कोठा तथा गाई गोठसमेत खानतलासी गर्दा गाई गोठको उत्तर कुनामा खाल्डो खनी कालो प्लास्टिकको डोरीले बेरी राखेको अवस्थामा कटुवा पेस्तोल बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

पक्राउ परेका रामलाई जिल्ला अदालतबाट हातहतियार खरखजाना मुद्दाअन्तर्गत सात दिनको म्याद लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *