‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’ को मिति घोषणा
काठमाडौँ। गाउँमा रंगमञ्च गर्दै आएको चुलाचुली रंगमञ्चको ९ औं बार्षिकउत्सवको अवसरमा दोस्रो संस्करण चुलाचुली पाठशाला नाटय उत्सव आयोजनाको तयारीमा छ। यो पुर्वको इलाम जिल्लाको पहिलो नाट्य संस्था हो।
विशेषगरी शैक्षिक संस्था र विधार्थीहरुमा लक्षित कार्यक्रमले यसपटक खुल्ला नाटक मञ्चन गर्ने भएको छ। विश्वव्यापिकरणमा ग्रामिण सौन्दर्यको खोजि’ नारा रहेको नाट्य संस्था चुलाचुली रंगमञ्च, इलामले आज: दोस्रो संस्करण ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’ को मिति घोषणा गरेको छ। रंगमञ्चको कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको मिति घोषणा गरेको हो।
माघ १० र ११ गते हुन लागेको चुलाचुली पाठशाला नाट्य उत्सवमा जम्मा ११ वटा नाटकले सहभागिता जनाउने भएको छ।
चुलाचुली गाउँपालिकाको सामुदायि र संस्थागत गरि जम्मा ६ वटा विधालय, जिल्लाबाहिरबाट तीन वटा नाट्य संस्था साथै आयोजक रंगमञ्चबाट दुई वटा होम प्रोड्क्सन नाटक मञ्चन हुने भएको छ।
सहभागि रहने विधालयहरु श्री बालज्योति मावि, चुलाचुली ४,इलाम, श्री भानु मावि, चुलाचुली ५,इलाम, श्री पञ्चकंन्या आधारभुत विधालय, चुलाचुली २, इलाम, श्री अमृत बोर्डि स्कूल, चुलाचुल ि२,इलाम, श्री पञ्चबुद्ध अंग्रेजी स्कुल, चुलाचुली ४, इलाम, श्री जनता मावि. बाह्रगोठे, चुलाचुली २, इलाम, बाहिरी नाट्य संस्थाबाट सहभागि नाटकहरु ःकदम थिएटर र सर्वोदय ईङ्लिस बोर्डिङ स्कुल झापा, हम्रो थिएर, फिदिम पाँचथर, शब्द थिएटर र रेडस्टार बोर्डिङ्ग स्कुल पथरीशनिश्चरे मोरङ रहेको छ।
चुुलाचुली पालिकाको पर्यटन क्षेत्रहरु मध्ये वडा नम्बर ३ स्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्रमा करिब ६ लाख २५ हजार लगानीमा पाठशाला नाटक आयोजना हुन लागेको हो।
प्रकृतिको सत्सङगमा जाऔं, रंगकर्ममा रमाऔं र आफु स्वयमसँग सम्बाद गरौं। उत्सवको मुख्य नारा रहेको कार्यक्रममा चुलाचुली गाउँपालिकाको सहयोग र डिस्का संयुक्त राज्य अमेरिका र इलाम समाज हङकङ को सहकार्य रहने भएको छ।
दुई दिन चल्ने नाटक उत्सवमा ११ वटा नाटक मञ्चन, फाइन आर्ट कार्यशाला, फोटो प्रर्दशनी, नाटक कार्यशाला ,विभिन्न जातजातिको लोकबाजा झाकी प्रर्दशनी र रंगमञ्च अन्रसंवाद कार्यक्रम रहने पाठशाला नाटक उत्सवको कार्यक्रम संयोजक चेतन आङथुपोले वताए।
२०७० सालबाट आधिकारीक रुपमा नाटकमा सक्रियता हुँदै आएको चुलाचुली रंगमञ्चले २०७६ मा पहिलो संस्करण चुलाचुली नाट्य पाठशाला आयोजना गरेका थिए भने २०७१ मा पशिलो पटक गाउँमै दुई दिवसीय नाट्य उत्सव आयोजना गरिसकेको छ।
२०६५ सालमा परिर्वतन नामकाृ सडक नाटकबाट गाउँमा नाटकको गतिविधि गर्दै आएको यस नाट्य संस्थाले दर्जनौ बढी नाटकहरु नेपाल नाटक महोत्सवहरुमा मञ्चन गरिसकेको छ।







डिसी नेपाल







Facebook Comment