भ्रष्टाचार आरोपी कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने
काठमाडौं । भ्रष्टाचारको आरोपमा मुद्दा खेपेका नेपाली कांग्रेसका सांसद टेक प्रसाद गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् ।
भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ ।
यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ भने लिएका थिए । गुरुङ नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment