हरिवंश आचार्यको ‘हाम्महाम्म’ सार्वजनिक
काठमाडौँ। वरिष्ठ लाकार हरिवंश आचार्यले आफ्नै रचना तथा गायनमा गीत सार्वजनिक गरेका छन्।
सार्वजनिक ‘हाम्म हाम्म’ बोल रहेको गीतमा संगीत राजनराज शिवाकोटीले दिएका छन्। एनिमेशन भिडियोमा देशमा व्याप्त भष्ट्राचारले परिरहेको असरलाई चित्रण गरिएको छ। गीतले विकास सुस्त र भ्रष्टाचार गतिशील भएकोप्रति व्यंग्य गरेको छ।
भिडियोको एनिमेशन निर्देशक अर्जुन पोखरेलले गरेका छन् भने यसको कथा दिपक आचार्यले तयार पारेका हुन्। यसमा नारायण जिसीको छायांकन तथा विनोद ढकालको थ्रीडीसँगै सम्पादन रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment