‘तिम्रो मेरो साथ’को मोफसल टुर पोखराबाट सुरु
काठमाडौँ। आगामी पौष २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तिम्रो मेरो साथ’को मोफसल टुर आज मंगलबार पोखराबाट सुरु भएको छ। सिनेमाका निर्देशक रमेश एमके पौडेलकका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ।
सिनेमाको सार्वजनिक टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफु र आफ्नो टिम निकै उत्साहित भएकोे निर्देशक पौडेलले सुनाए। आजबाट मोफसल यात्रामा निस्केको सिनेमाकोे टिमलाई पोखरामा दर्शक तथा त्यहाँ सञ्चालनमा रहेका मिडियाकर्मीबाट मिलेको साथले पनि निकै ठुलो हौसला मिलेको सिनेमाकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन्।
मोफसलका अन्य शहरमा पनि यस्तै न्यानो साथ र स्वागतको अपेक्षा रहेको अभिनेता पुष्प खड्काले बताए। सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।
पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ। सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन्।







डिसी नेपाल







Facebook Comment