सत्ता गठबन्धनको बैठक भोलि बस्ने

डिसी नेपाल
१३ पुष २०७९ १५:१७
232
Shares

काठमाडौं । सत्ता साझेदार दलहरुको शीर्ष नेताहरुको बैठक बिहीबार बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच  छलफल हुने र बैठकमा सत्ता साझेदार दलहरुको शीर्ष नेता सहभागी हुने प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आज सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ ।

खुमलटारमा आज भएको भेटवार्तामा उनीहरुबीच सरकार विस्तार, प्रदेश सरकारको बाँडफाँडका बारेमा अनौपचारिक छलफल भए पनि त्यसले भोलि औपचारिकता पाउने मल्लले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले आजै पूर्वप्रधानमन्त्री माधकुमार नेपालसँग पनिभेट गरेका थिए । उनले सो क्रममा सरकारलाई समर्थन र सहभागिताका लागि आग्रह समेत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.