पुष्पा न्यौपाने प्रकरणः आत्महत्या दुरुत्साहन मुद्धामा संग्रौला थुनामा

डिसी नेपाल
१५ पुष २०७९ १८:४४
236
Shares

काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्धामा झापाका सुधन संग्रौलालाई पूर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौंको बानेश्वरकी २७ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराही स्थित संग्रौलाको घर अगाडी आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी थिइन् । जिल्ला अदालत काठमाडौंले संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

नुवाकोट स्थायी घरकी पुस्पाले गत मंसिर १८ गते साँझ धुम्बाराहीस्थित संग्रौलाको घर नजिकै पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन् । झापा घर भएका सुधन र पुष्पाबीच विवाह गर्ने भनेर इन्गेजमेण्ट समेत भएको थियो । १७ गते सुधनको परिवारले सुपारी फिर्ता गरी एकतर्फी रूपमा इन्गेजमेन्ट तोडेपछि त्यसको भोलिपल्ट उनले आत्मदाह गरेकी थिइन ।

सो घट्नामा पुष्पाका आफन्त उत्तम न्यौपानेले संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उक्त जाहेरी अनुसार प्रहरीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले सुधनविरुद्ध पुस १३ गते काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । सो मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद पराजुलीले उनलाई पूपक्र्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् । विहिबार साँझ उनलाई थुनामा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *