चीनको नयाँ परराष्ट्रमन्त्रीमा छिन कङ नियुक्त
बेइजिङ । चीनको परराष्ट्रमन्त्रीमा अमेरिकाका लागि चीनका राजदूत छिन कङ नियुक्त भएका छन् । राष्ट्रपति सी चिनफिङका विश्वासपात्र छिनलाई नयाँ परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको चाइन रेडियो इन्टरनेशनल (सिआरआई)लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चिनियाँ विदेश मन्त्रालयमा कुशल कूटनीतिज्ञको परिचय बनाएका नवनियुक्त विदेशमन्त्री छिनले विदेश मन्त्रालयको प्रवक्ताका साथै बेलाइतका लागि चीनको राजदूत भएर सेवा गरिसकेका छन् । उनले राष्ट्रपति सीको शिष्टाचार अधिकृतका रूपमा पनि काम गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment