‘२.O छड्के’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौँ। अनमोल केसी स्टारर सिनेमा ‘२.O छड्के’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। फागुन १९ गते रिलिज हुने सिनेमाको अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नयाँ पोस्टर सार्वजनिक गरिएको हो।
फस्टलुक रिलिज भएसंगै चर्चामा रहेको सिनेमाको नयाँ पोस्टरले दर्शकको ध्यान तान्न सफल हुन्छ। नयाँ सालमा अनमोलका फ्यानका लागि नयाँ पोस्टर उत्कृष्ट उपहार बन्न सक्छ।
ग्याङस्टर जनरामा निर्माण भएको सिनेमाकोे पोस्टरमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ। नयाँ पोस्टरमा सिनेमाका अन्य कलाकारहरुपनि फिचर्ड छन्। अनमोललाई आफ्नो समुहको नाइकेको रुपमा प्रस्तुत गरिएको छ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन्।
सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ। ‘२.O छड्के’ रिभेन्ज ग्याङस्टर सिनेमा हो। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन्।







डिसी नेपाल







Facebook Comment