निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित
काठमाडौँ। निर्देशक मधुसुदन भट्टराईको निर्देशन रहने नयाँ चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो।
लक्ष्मण सुवेदी लेखक रहेको चलचित्रमा यसअघि अभिनेत्री गरिमा शर्मा फाइनल भइसकेकी छन्। चलचित्रको छायांकन फागुन पहिलो साताबाट हुने सुवेदीले बताए।
नाम नराखिएको चलचित्रमा केही दिनअघि कलाकार मुकुन भुसाल अनुबन्धित भइसकेका छन्। चलचित्र पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment