अर्जुन पोखरेल कमेडी च्याम्पियनको टप १० मा: दर्शकहरूसँग भोटको अपिल
काठमाडौं। हास्यव्यङ्ग्य क्षेत्रको लोकप्रिय रियालिटी शो ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी अर्जुन पोखरेल शोको उत्कृष्ट १० मा प्रवेश गर्न सफल भएका छन्। उत्कृष्ट १० सम्मको यात्रामा साथ दिने सम्पूर्ण दर्शक तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापन गर्दै उनले आगामी चरणमा पुग्नका लागि पुन: भोटको अपिल गरेका छन्।
पोखरेलले एक सन्देश जारी गर्दै आफ्ना दर्शक र समर्थकहरूको माया, साथ र हौसलाकै कारण आफू यो स्थानसम्म आइपुग्न सफल भएको बताएका छन्। अर्को राउन्डमा प्रवेश गर्नका लागि भोटको उत्तिकै आवश्यकता पर्ने भएकाले देश तथा विदेशमा रहेका सम्पूर्ण शुभचिन्तकहरूलाई अधिकतम भोट गरी सहयोग गरिदिन उनले हार्दिक अनुरोध गरेका छन्।
कमेडी च्याम्पियनमा अर्जुन पोखरेललाई भोट गर्नका लागि दर्शकहरूले ‘N Cash App’ डाउनलोड गरी आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन्। त्यसैगरी, एप प्रयोग गर्न कठिनाइ वा झन्झट मान्ने दर्शकहरूका लागि सहजता प्रदान गर्दै उनले उपलब्ध गराइएको क्यूआर कोड (QR Code) मार्फत सिधै रकम पठाएर पनि भोटिङ प्रक्रियामा सहयोग गर्न सकिने व्यवस्था गरिएको जानकारी दिएका छन्।
प्रतिभोट शुल्क मात्र रु. १० तोकिएको छ। दर्शकहरूको प्रत्येक भोट आफ्ना लागि अर्को चरणको यात्रा तय गर्ने ठूलो हौसला र आधार बन्ने भन्दै पोखरेलले सहयोग र मायाका लागि सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment