निलम्बित डीएसपी ठगबहादुर केसीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन
काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित डीएसपी ठगबहादुर केसी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति बनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले १४ पुषमा निलम्बन गरेको हाे।
केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनीमाथि अनुसन्धान गरेको थियो ।
उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment