क्यानाडा अध्ययन गर्न जाने विद्यार्थीका लागि गोरेटोको जानकारीमूलक अन्तरक्रिया

डिसी नेपाल
२१ पुष २०७९ १२:०७
300
Shares

काठमाडौँ। पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली बिद्यार्थीहरूको चासो बढिरहेको देखिन्छ। गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका विषयमा दुई  विद्यार्थी तथा अभिवाहकहरूका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम गरेको छ।

क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समयसँगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा  गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरू, कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको अवसर र प्रकार लगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो।

सो अवसरमा बोल्दै प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानाडामा अध्ययन गर्नजाने विद्यार्थीहरूले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानाडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरू र सामना गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराएका थिए।

विद्यार्थीहरूले क्यानाडा गएपछि सुरुवाती दिनहरूमा कामभन्दा पनि अध्ययनलाई बढी प्राथमिकतामा राख्न सुझाव दिँदै पढाइपछि  विद्यार्थीहरूले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरू प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने बताएका थिए।

सो अवसरमा अर्का परामर्शदाता सतिश भट्टले हरेक आवेदकको पढाई, आर्थिक अवस्था, अनुभव फरक–फरक हुने भएकाले सबै डिपिन्डेटमा जाने विद्यार्थी र उनको जीवनसाथीले भिन्दाभिन्दै आवेदन दिनु प्रभावकारी हुने बताए।

परामर्शदाता तथा विद्यार्थी संयोजक प्रकाश रेग्मीले विद्यार्थीहरूलाई ढुक्क भएर पीटीई तयारी गरेर राम्रो अंक प्राप्त गरेपछि आवदेन दिन सुझाव दिए। क्यानाडाको अध्ययन भिषामा जान विजनेस, कम्प्युटर प्रोग्रामिङ, हस्पिटालिटी, नर्सिङ, फोटोग्राफ्री, बेकरी तथा पेष्ट्री, प्लम्बिङ्ग, कारपेन्ट्री, कृषि तथा सिभिल इन्जिनियरिङ्ग लगायतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थीहरूले आवेदन  दिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *