कवाडी गोदाममा आगलागी हुँदा ७ लाखको क्षति
सांकेतिक तस्वीर
ललितपुर । ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा करिव ७ लाखको क्षति भएको छ ।
बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका वडा नंवर ३ धोविघाट करिडोरमा भारतीय नागरिक कृष्ण कोदारले सञ्चालन गरिरहेको कवाडी गोदाममा आगलागी भएको थियो । आगलागीका कारण करिव ७ लाखको क्षति भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रविण पोखरेलले बताए । आगलागीको सुचना पाएको दुई घण्टाभित्र आगालागी नियन्त्रणमा लिइएको उनले बताए ।
विद्युत सट भइ आगो लागेको प्रहरीको प्रारम्भीक अनुमान छ, आगलागीका कारण मानविय क्षति भने भएको छैन ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment