अमेरिकालाई धेरै हानी पुर्‍याउने जासूस २० वर्षपछि रिहा

डिसी नेपाल
२४ पुष २०७९ १३:३५
96
Shares

न्युयोर्क। शीतयुद्ध कालमा सबैभन्दा प्रख्यात जासूसमध्येकी एक एना मोन्टेस २० वर्षको जेल सजायपछि रिहा भएकी छिन्। ६५ वर्षीया मोन्टेसले खुफिया निकायमा  विश्लेषकको रूपमा काम गर्दा क्युबाका लागि जासुसी गर्न करिब दुई दशक बिताएकी थिइन। रिहापछि पनि उनी पाँच वर्ष निगरानीमै रहनेछिन्।

सन् २००१ मा पक्राउपछि उनले क्युबामा अमेरिकी गुप्तचर कार्यहरू लगभग पूर्ण रूपमा खुलासा गरेको अधिकारीहरुले दाबी गरेका थिए।

उनी अमेरिकाद्वारा पक्राउ परेका सबैभन्दा हानिकारक जासूसमध्ये एक थिइन्। राष्ट्रपति जर्ज डब्लु बुसको नेतृत्वमा काउन्टर–इन्टेलिजेन्सको प्रमुख मिसेल भान क्लीभले सन् २०१२ मा कांग्रेसलाई सम्बोधनका क्रममा मोन्टेसले सबै कुरामा सम्झौता गरेको  बताएकी थिइन्।

पक्राउपछि मोन्टेसमाथि चार जना गुप्तचरहरूको परिचय र ठूलो परिमाणमा गोप्य सामाग्रीहरू उपलब्ध गराएको आरोप लागेको थियो । उनलाई २५ वर्षको जेल सजाय तोकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.