टोखाबाट १० जुवाडे पक्राउ
काठमाडौँ। प्रहरीले टोखाबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका–९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय पुष्पबहादुर खड्का लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई तीन लाख ७० हजार रुपैयाँ र चार गड्डी ताससहित पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment