सामाजिक वेव सिरिज ‘मै राम्री’ आगामी बिहिबारबाट आउने
काठमाडौँ। सामाजिक बिषय वस्तुमा निर्माण गरिएको वेव सिरिज ‘मै राम्री’ आगामी बिहिबार (पुस २८) बाट प्रसारण हुने भएको छ।
कुन्जना घिमिरेको निर्देशनमा तयार भएको वेव सिरिज ‘धुर्मुस सुन्तली’ युट्युव च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ः४५ मा सार्वजनिक हुनेछ। नेपाली समाजमै देखिने बिषयवस्तुलाई सिरिजमा उतारिएको छ। बिशेषगरी बालबालिका र युवाहरुमा बिभिन्न बिषयले आउने उताढचढावलाई मुख्य बिषय बनाइएको छ।
‘हामीले युवापुस्ताको जीवनमा आउने उताढचढावलाई मुख्य बिषय बनाएका छौं। प्रत्येक साता सिरिजको रुपमा प्रसारण हुनेछ।’ निर्देशक घिमिरेले भनिन्। उनका अनुसार केहि भाग छायांकन भइसकेको र अन्य भागका लागी छायांकन गर्ने तयारी पनि भइरहेको छ। वेव सिरिज मै राम्रीको दुई साता अघिनै ट्रेलर सार्वजनिक भइसकेको छ। मित्र गुरुङले सम्पादन गरेको उक्त ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गिता अधिकारी, दिनेश काफ्ले, सन्तोष बाँनिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment