युवक र युवती १० दिनसम्म सँगै कैदमा परे, थुनिएकै बेला माया बसेपछि बिहे भयो !

डिसी नेपाल
२५ पुष २०७९ १६:४५
64
Shares

काठमाडौं । ‘ब्लाइन्ड डेट’ मा भेटेका दुई जना कोरोना लकडाउनका कारण फ्ल्याटमा फसे । त्यसपछि दुबै जना १० दिन क्वारेन्टाइनमा बसे । त्यसपछि यो जोडीले २६ डिसेम्बरमा विवाह गरे । दुवैको प्रेमकथाको चीनमा निकै चर्चा भइरहेको छ । यो जोडीले यसै साता नै आफ्नो सम्बन्ध सार्वजनिक गरेका छन् ।

यद्यपि चिनियाँ सञ्चारमाध्यमले ती जोडीको परिचय भने खुलाएका छैनन् । तर यो जोडी चार महिनाअघि पहिलो पटक भेटेको बताइएको छ । अगस्टमा ती युवक शेन्जेन प्रान्तबाट हाइनान प्रान्तको सान्यामा रहेको युवतीको घरमा ‘ब्लाइन्ड डेट’ मा गएका थिए।

युवक युवतीको घर पुग्दा कोरोनाका बिरामी बढेकाले दम्पतीलाई दश दिनसम्म फ्ल्याटमा क्वारेन्टाइनमा राखिएको थियो । जोडीले क्वारेन्टाइन अवधिको धेरै भिडियोहरू पनि बनाए। भिडियोमा युवक भान्सामा खाना पकाउँदै गरेको देखिएका छन्, दुवै एकअर्कासँग खुसी देखिन्छन् ।

दम्पतीले भने कि हामी दुबै जना १० दिन सँगै बस्यौं र यस क्रममा एकअर्काप्रति गहिरो भावना थियो । क्वारेन्टाइन अवधि सकिएपछि छुट्टिएर बस्दा कसैलाई गुमाएजस्तो भएको ती युवतीले बताइन् । जोडीले ‘लङ डिस्टेन्स रिलेशनशिप’ पनि खोजे । युवतीले आफ्नो प्रेमीसँग छुट्टिएर बस्न नसकेको बताइन् । त्यसपछि उनी सेन्जेनमा सरिन् र युवकसँग बस्न थालिन् । दुवैले डिसेम्बर २६ मा सेन्जेनस्थित रजिस्ट्री अफिसमा विवाह गरेका थिए ।

यो जोडीको भाइरल प्रेमकथामा धेरै प्रयोगकर्ताले टिप्पणी गरेका छन् । एकजनाले लेखेका छन्, ‘यो नियति थियो, जसका कारण दुवै जना भेट्न पाए।’ कमेन्ट गर्दै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो गजबको प्रेमकथा हो ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *